नियम १८
साक्षी, सुराकी, उजूरीकर्ताको संरक्षण सम्बन्धी व्यवस्था

(१) कुनै मुद्दामा साक्षी रहेको कुनै व्यक्तिलाई अदालत समक्ष उपस्थित हुन वा अदालतमा बकपत्र गरिसके पछि आफ्नो
वा आफ्नो परिवारको कुनै सदस्यको सुरक्षामा खतरा रहेको छ भन्ने लागेमा सो को कारण खुलाई आफ्नो वा आफ्नो परिवारको कुनै सदस्यको सुरक्षाको प्रबन्ध गरिदिन ब्यूरो समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन परेमा ब्यूरोले त्यस्तो व्यक्ति वा निजको परिवारको सदस्यलाई सुरक्षा उपलब्ध गराउन सम्बन्धित महानगरीय प्रहरी आयुक्तको कार्यालय वा क्षेत्रीय प्रहरी कार्यालयलाई लेखी पठाउनेछ ।
(३) उपनियम (२) बमोजिम लेखी आएमा सम्बन्धित महानगरीय प्रहरी आयुक्तको कार्यालय वा क्षेत्रीय प्रहरी कार्यालयले आवश्यक सुरक्षाको व्यवस्था मिलाउनु पर्नेछ ।
(४) उजुरीकर्ता वा सुराकी वा निजको परिवारको सदस्यको सुरक्षाको लागि त्यस्तो उजुरीकर्ता वा सुराकीको नाम, थर, वतन लगायत परिचयात्मक विवरणलाई आवश्यकता अनुसार कुनै काल्पनिक वा साङ्केतिक नाम दिई ब्यूरोले अनुसन्धान तहकिकातको कार्य अगाडि बढाउन सक्नेछ ।